☰ open Loading... 17 May 2024|  

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु ः पण्डित
  | १४ पुष २०७४, शुक्रबार १८:२५

काठमाडाैँ ।  नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गरेका छन ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा पूर्व सामान्य प्रशासनमन्त्री पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताए ।

“हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नसके देशले १० वर्षमै विकासको फड्को मार्न सक्छ, इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुन सक्छ”, उनकाे भनाइ छ । एक प्रसंगमा उहाँले प्रदेश राजधानी बनाउनुभन्दा पहिले व्यापक छलफल गर्नुपर्नेमा जोड दिए ।
वाम गठबन्धनलाई काम गर्ने मौका  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले अबको सरकारलाई काम गर्ने मौका दिनुपर्ने बताए  ।

राप्रपा (प्र) भक्तपुरले यहाँ आयोजना गरेको राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष एवं जिविस भक्तपुरका पूर्वसभापति सुरेन्द्रप्रताप शाहको तेस्रो स्मृतिसभामा उनले भने, “ बहुमत ल्याएसँगै अब वाम गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, त्यो जिम्मेवारी वाम गठबन्धनले पूरा गर्छ, गर्दैन, हामी गहन रुपमा हेर्नेछौँ ।”