☰ open Loading... 25 April 2024|  

वन अतिक्रमण नगर्न चामुण्डाविन्दासैनीको अपिल
  | १५ पुष २०७४, शनिबार १८:२५

चामुण्डा  ।  चामुण्डाविन्दासैनी नगरपालिका दैलेखले वन अतिक्रमण नगर्न आग्रह गरेको छ । शनिवार नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारी, सामुदायिक र निजी वनहरु वन फडानी वा अतिक्रमण गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिएकाे छ । कोही कसैले वन फडानी गरेको देखेको खण्डमा सचेत नागरिकले नगरपालिका वडा नगर प्रहरीलाई खबर गर्न आग्रह गरेकाे  छ ।

आईतबारदेखिनै प्रत्येक वडाको सार्वजनिक स्थलहरुमा वन अतिक्रमण नगर्नका लागि सार्वजनिक सूचना टाँस गरिने निर्णय गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम नेपालीले जानकारी दिए ।

नगर प्रमुख शाहीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ, नगर उप–प्रमुख ताराकुमारी शाही, प्रहरी सहायक निरिक्षक वीरबहादुर सावद लगायतको उपस्थिती थियो ।