☰ open Loading... 20 April 2024|  

बालिका बलात्कार प्रयासको आरोपमा एक प्रक्राउ
  | १६ पुष २०७४, आईतवार १८:३८

सु्र्खेत । पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकामा एक ४३ बर्षिय पुरुष बालिका बलात्कारको आरोमा प्रकाउ परेका छन । ७ बर्षिया बालिकालाई बलत्कारकाे प्रयास गर्न सिम्ता गाउँपालिकाको वडा नम्वर ४ का ४३ बर्षका नन्दबहादुर खत्रीलार्इ बलात्कार प्रयास गरेकाे अाराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

गत शुक्रवार दिउँसो घरनजिकै तरुल खन्न गएकी बालिकालाई खत्रीले तरुल खनेर दिएर आफुलाई बलात्कारकाे प्रयास गरेको पीडित बालिकाले प्रहरी समक्ष वयान दिएकी थिइन ।

घटना भए लगतै बालिका रुदै घर गएपछि आमाले सोधेपछि छोरीले सबै बताएको प्रहरी समक्ष बालिकाकी आमाले समेत वयान दिएकाे प्रहरीले जनायाे । पीडित बालिकाले प्रहरी चौकीमा उजुरी गरेपछि आरोपितलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ल्याएकाे छ ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चर्तुबेदीले गम्भीर प्रकारको अपराध भएकाले आवश्यक छानविन गरेर कार्बाही प्रक्रिया अगाडी बढाउने जानकारी दिएका छन् । आरोपिलाई नियन्त्रण गरेर हिरासतमै राखेर थप अनुसन्धान जारी रहेकाे बताए ।