☰ open Loading... 3 May 2024|  

वातावरण सहकारीमा आचार्य
  | १६ पुष २०७४, आईतवार १८:०७

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८ को १५ औं साधारणसभाले चन्द्रलाल आचार्यको अध्यक्षतामा नया“ संचालक समिति चयन गरेको छ । शनिवार सम्पन्न सभाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नया“ समिति सर्वसम्मत चयन गरेको हो ।

समितिमा उपाध्यक्ष दुर्गा खत्री (गिरी), सचिव राधाकुमारी ढकाल, कोषाध्यक्ष ताराकेशर पौडेल र सदस्यहरुमा अनन्तप्रसाद पौडेल, चित्रा वली, बेलमति वली, हरिमाया पुलामी, रुद्र आचार्य, प्रेमप्रसाद चालिसे र ऋषि भट्टराई चयन भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा हेमलाल पन्त, सदस्यहरुमा दिनेशप्रसाद न्यौपाने र हरिप्रसाद चालिसेपनि चयन भएका छन् । संस्थाका अन्य उपसमितिहरु संचालक समितिले पछि मनोनित गर्ने सहकारीका प्रवन्धक श्यामलाल न्यौपानेले जानकारी दिए । समितिको कार्यकाल ५ बर्ष रहनेछ ।