☰ open Loading... 19 April 2024|  

अाश्रमका ज्येष्ठ नागरिकलाई फलफुल वितरण
  | १७ पुष २०७४, सोमबार १८:२८

सुर्खेत । प्रशान्ती वृद्धाश्रम सुर्खेतमा रहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरणा गरिएकाे छ । नोभा हेल्पिङ्ग फाउन्डेसनले साेमबार प्रशान्ती वृद्धाश्रमका जेष्ठ नागरिकहरूलार्इ फलफुल वितरण गरेको हाे ।

अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा फाउण्डेसनले वृद्धाश्रममा रहेका ८ जना ज्येष्ठ नागरिकलाई फलफुल, विस्कुट, दूध लगायतका खाद्य सामाग्री वितरण गरेको फाउन्डेसनका अध्यक्ष सुमित काफ्लेले जानकारी दिए । उनका अनुसार भर्खरै संचालनमा आएको फाण्डेसनले ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरेर कामकाे शुरूवात गरिएकाे हाे ।

दुःखी, गरिब, असहाय, अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहायताका लागि काम गर्ने उदेश्यले स्थापना भएको यो बताएका उनले युवाहरुले समाजमा गलत काम मात्रै गर्छन् भन्ने नकारात्मक सोचाईलाई हटाउन फाउन्डेसन सञ्चालनमा ल्याएकाे उल्लेख गरे ।

खाजा खर्च बचाएर संकलन भएको रकमबाट ज्येष्ठ नागरिकलाई फाउन्डेसनले फलफुल वितरण गरेकाे हाे । २१औँ शताब्दीमा पनि धेरै बालबालिका पढ्न र ज्येष्ठ नागरिकले सम्मान नपाएकाे अवस्था देखेपछि यो अवस्थालाई सुधार गर्नका फाउण्डेसन सञ्संचालन गरेकाे सचिव एकता देवकोटाले जानकारी दिइन् ।