☰ open Loading... 2 May 2024|  

गुर्भाकाेटकाे साहरेमा माघि महाेत्सव हुने
  | १७ पुष २०७४, सोमबार १८:४८

सु्र्खेत । वीरेन्द्रनगरदेखी पूर्वी सुर्खेत पर्ने गुर्भाकाेट नगरपालिका ९ साहरेमा कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव सञ्चालन हुने भएको छ । माघे संक्रान्तीको अवसरमा अवसरमा गुर्भाकोट नगरपालिका वडा नम्बर को वडा कार्यालयको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।

माघ १ गतेदेखी शुरु हुने महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनीदेखि स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने ९ नम्बर वडा कार्यालयका अध्यक्ष ससीराम भट्टराईले जानकारी दिए ।

वीरेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सव गुर्भाकोट नगरपालिका–९ स्थित सेवाकेन्द्रको चौरमा माघ ८ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।

महोत्सवमा स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिवल प्रतियोगिता, स्थानीय लोक सांस्कृतिक झल्कने नाच, झ्याउरे, टप्पा तथा पञ्चेबाजा प्रदर्शनी, झुला तथा बालउद्यान रहनेछन् । यस्तै, महोत्सवमा एकसय बढी स्टल राखिनेछ ।

महाेत्सव सञ्चालनका लागि किरव १६ लाख खर्च लाग्ने भट्टराईकाे भनाइ छ । महाेत्सव अवधिमा २० लाखकाे काराेवार र झण्डै ३५ हजार नागरिकले अवलाेकन गर्नेअायाेजकले जनायाे ।

महोत्सव अवधिभर नायक निखिल उप्रेती, गायक रामजी खाँड, खुमन अधिकारी, मिलन लामा, कमल खत्री, कृष्ण रेउले, राजेन्द्र भट्ट, धनराज चुनारा, सुकदेव अधिकारी, चक्र बम, टंक तिमिल्सेना तथा गायिका तृप्ती खड्का, सरिता प्रजापति, करिस्मा घर्ती लगायतका कलाकारहरु सहभागी हुनेछन् ।