दैलेख । दोहोरो गाडी गुड्न नसक्ने जोडिएका घरहरु । त्यसमा पनि घर अगाडी छाप्राहरुले अँझ असजिलो । दैलेख सदरमुकाम दैलेखबजारमा पुरानो र साँगुरो भएपछि जनप्रतिनिधिहरुले बजार फराकिलो बनाउने अभियान थालेका छन् । बजार साँगुरो भएपछि जनप्रतिनिधिहरु नै आफै फराकिलो बनाउन अग्रसर भएर लागेका हुन् ।
यो अभियानमा घरधनीबाट कतै विरोध त कतै सहयोग जनप्रतिनिधिले पाएका छन् । सुन्दर र फराकिलो बजार बनाउनका लागि जनप्रतिनिधिहरुले राम्रो कामको थालनी गरेको स्थानीय रेखा अधिकारीले बताईन् । ‘राम्रो काम गर्दा विरोध हुन्छ’ रेखा भन्छिन् , केही घरधनीले विरोध गरेपनि पछि भविष्यमा यसको मुल्याकंन सवैले गर्नेछन् ।’
स्थानीयबासीहरु सवैलाई सुन्दर बजार बनाउनका लागि सहयोग गर्न अपिल गर्दै बजार फराकिलो बनाउन लागेको नारायण नगरपालिका १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । उनले सवैलाई बुझाई निविवाद रुपमा बजार फराकिलो बनाईने बताए । ‘हामी डोजर लिएर सडकसम्म पुगेका घरटहरा तत्काउन थालेका छौं ।’
अध्यक्ष श्रेष्ठले भने, पहिलो चरणमा सार्वजनिक जग्गा मिचिएका ठाँउ र घरपेटी भत्काउँछौं । त्यसपछि निजि जग्गा फराकिलो गछौं । सुन्दर बजार बनाउने आफुहरुको उद्देश्य भएकोले सवैले सहयोग गर्ने विश्वास वडा अध्यक्ष श्रेष्ठले गरेका छन् ।
स्थानीयहरुलाई नै अघि सारेर नगरपालिकाले फराकिलो बनाउने अभियान गरेको हो । यसअघि तत्कालिन १ नम्वर वडाका वडा अध्यक्ष यामबहादुर श्रेष्ठले पुरानो बजार क्षेत्रमा सवारी पास नहुँने साँगुरो सडकका आसपासका घरहरु भत्काएर सवारी हिड्ने बनाएका थिए ।
गाडीको चाप बढ्नु र साँगुरो सडक भएकाले नयाँ बजारमा गाडी जाम हुने गरेको छ । नगरपालिकाले सडक फराकिलो पर्ने अभियानले गाडी जाम हुने समस्या समाधान हुने देखीएको स्थानीयहरु बताउँछन् ।