☰ open Loading... 24 February 2025|  

रक्तदान तथा रक्त समूह परिक्षण गर्न अाग्रह
  | २१ पुष २०७४, शुक्रबार १७:५९

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा रहेको ग्रुप ” एमअारअारले सुर्खेतमा पौष २२ गते शनिवारदेखी सुर्खेतका सर्वाधिक रक्तदाता निशुल्क रक्तदान तथा रक्त समूह परिक्षण कार्यक्रम गर्ने भएको छ ।

वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रनगर चौकमा विहान ८ बजे विहान देखि कार्यक्रम गर्ने ग्रुपमा आबद्ध सुर्खेतका युवा सागर लम्सालले बताए ।कार्यक्रमको उद्देश्य भनेको रगत आभावको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्नकालागि युवाहरुमा रक्तदान गर्ने  भावना जागृत गराउनकालागि कार्यक्रमको आयोजना गरेको लम्सालले बताए ।

पुनम फाउण्डेसन सुर्खेत संगको सहकार्यमा गर्न लागिएको कार्यक्रमको सह आयोजकमा सुपथ मेडिकल हल, देउती डेण्टल केयर होम, मध्यपश्चिम डेण्टल केयर होम, रोयल कलेक्शन, तथा आषिश वस्त्रालय रहेको छ ।

कार्यक्रममा सम्पर्ककालागि ९८५८०५३८९१, ९८४८१६३४४०, ९८५८०५३११५ र ९८४८२४८३८५ मा फोन गरेर सहभागित जनाउन सकिने छ ।