☰ open Loading... 19 April 2024|  

मोटरसाईकलको ठक्कर एककाे मृत्यु
  | २१ पुष २०७४, शुक्रबार २०:१३

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वी सुर्खेतमा पर्ने सिम्ता गाउँपालिका-६ राकममा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ ।

मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा सिम्ता गाउँपालिका-६ राकमका ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बादेपिपल राकमले जानकारी दिएको हाे ।

जामुने वजारदेखि सल्यानकाे सल्लीवजारतर्फ आउँदै गरेको भे ६ प ७७७५ नं को मोटरसाईको ठक्करबाट शाहीको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले बतायाे ।

ठक्कर दिने चालक बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीवजारका कमल वि.सी. र यज्ञ घर्तिमगरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।