☰ open Loading... 19 April 2024|  

मृगौलालाई प्राकृतिक रुपमै सफा गर्ने यस्तो विधी
  | २२ पुष २०७४, शनिबार ०९:३३

हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौ, मृगौला खराब भएर उपचारका लागि सहयोग जुटाइरहेको । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छ । यसले अन्य अंगहरुलाई पनि हानी पुर्‍याउँछ । अन्ततः मृत्युको मुखमा पुर्‍याउँछ ।

मृगौलाको उपचार जटिल छ । खर्चालु पनि । त्यही कारण यसले आर्थिक रुपमा टाट पल्टाउँछ । त्यसैले यस्तो रोग लागेर उपचार खोज्नुभन्दा, रोग लाग्न नदिनु नै उत्तम हो ।

मृगौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मृगौलालाई स्वस्थ्य राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ ।

प्रोटिनयुक्त खानेकुरा

यदि नन भेजिटेरियन हो भने डाइटमा चिकेन, अन्डा, माछा सामेल गरौ । भेजिटेरियन हो भने प्रोटिनले भरपूर खानेकुरा सेवन गरौ । जस्तो, सीमि, अन्न, दुधजन्य पदार्थ आदि ।

नुन एवं सोडियम कम गरौं

उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्ट फूड एवं फ्रोजन फूड खान हुँदैन । आफ्नो डाइटममा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, चिकन, माछा, सीमि आदि सामेल गरौ ।

तरल पदार्थको सेवन

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मृगौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ । साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ ।

यस कुराको पनि ख्याल गरौं

(धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

– यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

(रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

(निस्क्रिन जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।