☰ open Loading... 3 May 2024|  

देउती नागरिक यातायातले बस सेवा सञ्चालन गर्ने
  | २२ पुष २०७४, शनिबार १८:२५

सुर्खेत । छोटो समयमै यातायात क्षेत्रमा अग्रणि स्थान आगटेको देउती नागरिक यातायात प्रालिले बस सेवा सञ्चालन गर्ने भएको छ । हाइस सेवा सञ्चालन गर्दै आएको प्रालिले नयाँ वर्षको आरम्भसंगै सुर्खेत–काठमाडौं रुटमा बस सेवा सञ्चालन गर्न लागेको हो ।

प्रालिको तेस्रो बार्षिक साधारण सभामा आगामी बैशाखदेखी बस सेवा सञ्चालनका लागि ६ वटा बस बुकिङ्ग समेत गरेको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै सुविधा सम्पन्न एयर सस्पेन्सन बस सेवा सञ्चालनमा ल्याउन लागेको प्रालिका अध्यक्ष कमल खड्का ‘जुनी’ ले जानकारी दिए ।

सुर्खेतदेखी बावियाचौर, दैलेख र नेपालगञ्ज हाइस सेवा सञ्चालन गर्दै आएको प्रालिले यात्रुहरुको माग अनुसारका बसहरु सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

यात्रुहरुको माग अनुरुप चल्न सांसद कंडेलको आग्रह

यता, प्रालिको तेस्रो वार्षिक साधारण सभामा प्रदेश सांसद् यामलाल कंडेलले यात्रुहरुको मागअनुसार व्यवसायलाई परिमाजर्न गर्न सुझाव दिएका छन् ।

छोटो समयमै यात्रूहरुको मन जितेको प्रालिले आगामी दिनहरुमा सडक सञ्जाल पुगेका क्षेत्रहरुमा पनि यातायात सेवा विस्तार गर्न आग्रह गरे । यातायात प्रदेश समृद्धिको आधार भएकाले प्रतिस्पर्धाको समयमा तडक भडकभन्दा स्वच्छ र यात्रुको मन जित्नेगरी सेवा प्रवाह गर्न कंडेलले सुझाव दिए । साधारण सभामा प्रालिले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।