☰ open Loading... 3 May 2024|  

सुर्खेतमा न्यानाे अभियान सुरू
  | २३ पुष २०७४, आईतवार ०८:०९

सुर्खेत । बराहताल गाउँपालिकाबाट न्यानो सुर्खेत अभियान शुरु भएको छ । बराहताल गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको आजको हाम्रो नयाँ नेपाल दैनिकमा खबर छ ।

नेपाल बाल पोलिक्लिनिक सुर्खेत, वैंश फाउण्डेशन र बराहताल गाउँपालिकाको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आफ्नो गाउँपालिकामा बालबालिकाको अवस्था निकै भयावह भएको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

अनाथ तथा विपन्न बालबालिकाको पेट पाल्नै समस्या भएको समयमा यो अभियान चालेकोमा खुसी व्यक्त गर्नुभयो । गाउँपालिकाले साझेदारीको रुपमा काम गर्ने पनि अध्यक्ष बस्नेतले बताए ।

्मरहिला तथा बालबालिका कार्यालयले अहिले जिल्लाभरी रहेका अनाथ तथा असहाय बालबालिकाहरुको लगत संकलन गरिरहेको छ । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय स्ुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले जिल्लाभर विभिन्न कारणले जोखिममा परेका र जोखिममा पर्ने सम्भावना भएका बालबालिकाहरुको तथ्यांक केही दिनमै सार्वजनिक हुने जानकारी दिए । जिल्ला भर नै यो अभियानलाई व्यापक बनाईने बताए ।

कार्यक्रममा समाजसेवी तथा वरिष्ठ कलाकार प्रेमदेव गिरीले बालबालिकाको संरक्षणका लागि सामुहिक भावना आवश्यक रहेको बताए ।

नेपाल बाल पोलिक्लिनिकका वरिष्ठ बाल रोग विशेषज्ञ तथा अभियानका अभियान्ता डाक्टर नवराज केसीले सुर्खेतका सबै स्थानीय तहबाट महिला तथा बालबालिका कार्यालयमा विपन्न बालबालिकाको तथ्यांक आईपुगेपछि गाउँ तथा नगरको समन्वयमा यो अभियान जिल्लाभर नै चलाईने जानकारी दिए ।

पहिलो दिन बराहताल २ गिरीघाट शिविरमा संचालन गरिएको यो अभियानमा एसओएस, लायन्स क्लब अफ सेरोफेरो, भवानी छापाखान, गणेशजल सहकारी संस्थाका प्रेम बीसी, प्रकाश पन्त, कमला बस्याल, नवराज गिरीलगायतले व्यक्तिगत तथा संस्थागत रुपमा बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।