☰ open Loading... 17 May 2024|  

चिसोले कर्णालीको दैनिकी कष्टकर
  | २३ पुष २०७४, आईतवार १७:३३

 सागर परियार, जुम्ला ।

विगतका वर्षमा जुम्ला सहित कर्णालीका जिल्लामा यति बेला सम्म कम्तीमा २ चोटी हिमपात भईसक्थयो । हिउँद याम शुरु भए संगै जति चाडो हिउँ पर्यो, त्यतिनै छिटो तातो हुने, कर्णालीबासीको अनुभव छ । गत वर्ष कर्णालीका जुम्ला, हुम्ला, डोल्पा र मुगुमा पुष १४ गते भारी हिमाप भएको थियो । भने, त्यसपछि पुस अन्तिम साता पुनः हिमपात भएको थियो । भने माघ पहिलो साताबाटै तातो बढेको थियो । तर यो वर्ष पुसको अन्तिम साता लागिसक्दा पनि हिमपात नभएपछि कर्णालीमा चिसो दैनिक बढ्दै छ ।

 

कहिले हिउँ पर्ला र तातो रिट्ला भनि आशा बोकेका कर्णाली बासीको चिसोका कारण दैनिकी निकै कष्टकर बन्दै गएको छ । हुम्ला पुस पहिलो साता अलि हिमपात भएपनि त्यसभन्दा पछाडी कुनै जिल्लामा हिमपात भएको छैन् । जसले गर्दा चिसो दिनानुदिन बढ्ढै गएको हो । बुढाबुढी, बालबालिका, दमका विरामीहरु चिसोबाट प्रत्यक्ष प्रभावित भएको डाक्टर नविन थापाले बताए । चिसोकै करण लागेको मौसमी खोकी तथा ज्वरोले हुम्लामा ३ जनाको ज्यान गएको छ ।

भने, मुगुमा भाईरल ज्वरोले १२ जनाको ज्यान गएको थापाले बताए । चिसो ह्वातै बढेपछि बृद्धबृद्धाहरुमा बढि समस्या देखिएको हो । चिसोले फस्टाउदो कपडाको व्यापार चिसो बढेपछि कपडाको व्यापार पनि बढेको गएको जुम्लाका व्यापारीहरुले बताएका छन् । चिसोका कारण बाक्ला कपडाको व्यापार बढेको कपडा व्यापारी विष्णु अधिकारीले बताए ।

दैनिक कपडाको विक्रीबाट झण्डै ३० हजार बढि आम्दानी हुने गरेको उनको भनाई छ । यता, हिउँद अतिरित्त अध्ययानका लागि सदरमुकाम आएका विद्यार्थीहरु बाट बढि कपडा खरिद विक्री हुने गरेको गौतम फेन्सी स्टोरका प्रोप्राईटर भिमप्रसाद गौतमले बताए । उनि पनि दैनिक झण्डै २० हजार बढि कमाउन्छन् । अझै पनि बाक्ला कपडा किन्नेहरुको दैनिक भिडभाड हुने गरेको छ । चिसोले जुम्म्लामा जकेट, सुईटर,मोझा, पन्जा तथा अन्य बाक्ला कपडाको व्यापार, निकै फस्टाएको छ ।

टयूसन कक्षा पढ्ने विद्यार्थीहरु पनि चिसोले प्रभावित भएका छन् । विहान पढ्न जादा चिसोले लेख्न पनि नसकिने विद्यार्थी दिपक परियारको अनुभव छ । उनि गत वर्ष तिर पनि सदरमुकाम पढ्न आउँथे । यस्तो चिसो हुदैनथ्यो । तर यो वर्ष निकै चिसो भएकाले विद्याथीरुहरु पनि मारमा परेको उनको भनाई छ । मौसमी रुघाखोकीका विरामी बढ्दै समयमै हिँउ नपरेपछि बढ्कोे चिसोका कारण जुम्ला सहित कर्णालीमा रुघाखोकीका विरामी पनि बढ्न थालेका छन् । चिसोबाट बच्ने उपाय नअपनाउदा ग्रामिण बस्तीका बासिन्दा झन बढि रुघाखोकीबाट प्रभावित छन् । अहिले सबै उम्मेर समुहका व्यक्तिलाई रुघाले निकै सताएको छ ।

भने, यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य रुघाखोकीका विरामी दैनिम बढेका छन् । दैनिक आउने जम्मा विरामी मध्य ५५ प्रतिशत रुघोखोकी, निमोनिया तथा ज्वरोका विरामी आउने गरेको मेडिकल डाईरेक्टर पुजन रोकायाले जानकारी दिए । आउने विारमीलाई चिसोबाट बच्ने उपायका बारेमा भन्ने गरेपनि अझै बढ्दै गएको उनको भनाई छ । हुम्लामा चिसोले एकैसाथ तीन जनाको ज्यान गएको डाक्टर नविन थापा सहितको टोलीलाई त्यस तर्फ पठाइएको छ । यता, चिसो बढ्दा भएको सकस एकातिर छ । भने, कृर्षकहरु हिमपात नभएपछि लेकाली उत्पादन घट्ने भन्दै चिन्तीत भएका छन् । जौ, गौ लेकाली बाली हिमपानी पनि नसप्प्रीने कृषि कार्यालयको भनाई छ । चिसोले ठाँउमा आगो बाल्ने बस्ने तथा व्यवपार व्यवसाय सबै ठप्प भएका छन् ।