☰ open Loading... 20 April 2024|  

पाँच वर्षपछि सुर्खेतमा अत्यधिक चिसाे, तापक्रम शुन्य डिग्रिमा झर्याे
  | २३ पुष २०७४, आईतवार १८:४६

सुर्खेत । सुर्खेतमा पछिल्लाे पाँच वर्षपछि अत्यधिक चिसाे बढेकाे छ । मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयले मापन गरेकाे तापक्रम अनुसार अाइतबार सुर्खेतकाे तापक्रम शुन्य दशमलव ९ डिग्रिसेल्सियसमा झरेकाे छ । सुर्खेतमा सन् २०१३ काे जनवरी ९ तारिकमा माइनस शुन्य दशमलव ७ डिग्रिसेल्सियस तापक्रम मापन भएकाे थियाे ।

कार्यालयका प्रमुख निराजन सापकाेटाका अनुसार मध्य र सूदुरपश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक जाडाे बढेकाे छ । यता, नेपालगजमा न्युनतम तापक्रम ८.५ डिग्रि सेल्सियस छ । तर यस अघि सन २०१३ जनवरि ९ तारिकमा १.० डिग्रिसेल्सियस रहेकाे सापकाेटाले बताए ।

जुम्लामा न्युनतम तापक्रम माईनस ८ दशमलव ७ डिग्रिसेल्सिमा पुगेकाे छ । तर यस अघि सन १९९१ जनवरि ३ तारिकमा माईनस १३.८ डिग्रिसेल्सियस मापन भएकाे थियाे ।

घाेराही दाङमा यस वर्षकै चिसाे बढेकाे छ । दाङकाे न्युनतम तापक्रम ०.५ डिग्रि सेल्सियस रहेकाे सापकाेटाले उल्लेख गरे । तर दाङमा सन २००१ जनवरि ९ तारिकमा ०.० डिग्रिसेल्सियस थियाे ।

डडेल्धुरामा न्युनतम तापक्रम १.७ डिग्रि सेल्सियस मापन भएकाे छ । यस अघि सन २००८ जनवरि ३ तारिकमा माईनस ५.० डिग्रिसेल्सियस रहेकाे थियाे । दिपायलमा न्युनतम तापक्रम ०.६ डिग्रि सेल्सियस र अत्तरियामा न्युनतम तापक्रम ८.० डिग्रि सेल्सियस मापन भएकाे छ ।

सापकाेटाकाले चिसाे केही दिन बढ्न सक्ने भएकाेले ताताे कपडाहरू लगाउन, दाउरा बालेर न्यानाेमा रहन र ताताे पानी सेवन गर्न अपिल गरेका छन् ।