☰ open Loading... 26 November 2024|  

दाङकाे बघौसीमा भेटियो अजिंगर
  | २४ पुष २०७४, सोमबार १६:३३

दाङ । दाङकाे बघौसीमा अजिंगर फेला परेको छ  । तुलसीपुर उपमहानगरपालीका वडा नं १७ बघौसीमा अंजिगर फेला परेको जिल्ला बन कार्यालय दाङले जनाएको छ ।

बघौसी स्थित पत्रे र हापुर खोलाको डिलमा उक्त अजिंगर फेला परेको ईलाका वन कार्यालय नारायणपुरका ज्ञानबहादुर चौधरीले जानकारी दिनुभयो । करिबतीन मिटर लामो र झण्डै १२ केजी तौल रहेको उक्त अंजिगरलाई जिल्ला वन कार्यालयका धनबहादुर पन्त र टेकबहादुर बस्नेत नियन्त्रणका लिनु भएको हो । उक्त अंजगरलाई देउखरी स्थित जंगलमा लगेर छोड्ने तयारी भएको जिल्ला बन कार्यालय दाङले जनाएको छ ।