सागर परियार
जुम्ला । ६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै जुम्लामा एक साता देखि शुरु भएको आन्दोलनले केहि दिन सम्मका लागि विश्राम लिएको छ । सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरिसकेकोले ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारीक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन केहि दिनका लागि स्थगित भएको हाे ।
तत्काल अस्थायी राजधानी नतोक्ने भएपछि आन्दोलनको सार्थक नहुने भन्दै स्थगित गरिएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए । उनका अनुसार आन्दोलनले विश्राम मात्र लिएको हो । राजधानी कर्णालीमा नभए अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
आईतबार जुम्लामा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज जुम्लाले अब आन्दोलनका कार्यक्रम राजधानी केन्द्रित हुने जनाएको छ । जिल्ला संग संगै राजधानीमानै राजधानी माग्न चरण बद्ध आन्दोलन गर्ने एक प्रेश विज्ञाप्ती जारी गर्दै नागरिक समाज जुम्लाले जनाएको छ । यो समयसम्म कर्णालीका पक्षमा थालिएको आन्दोलनका क्रममा साथ सहयोग दिने सबैलाई धन्यावाद ज्ञापन गरिएको छ ।
बहुमतिय आधारमा कर्णालीमा राजधानी नराख्ने षडयन्त्र भएमा आन्दोलन जतिखेर पनि शुरु हुने युवा नेता अनुप थापाले बताए । उनले भने, कर्णाली आन्दोलनलाई निष्कर्षमा पुरयाउनका लागि सवैको साथ सहयोग रहने अपेक्षा गरिएको छ ।
कर्णालीमा राजधानी हुनु पर्ने मागका पक्षमा वकालत गर्न सवै सरोकारवाला निकायालाई अपिल गरिएको छ । पीछडिएको क्षेत्रको वैज्ञानिक रुपमा संवोधनका लागि भुगोलको आधारमा निर्वाचन क्षेत्र थप्न गर्न माग समेत उनले गरे । राजधानी केन्द्रित आन्दोलनहरु पनि चरण बद्ध रुपमा शान्तीपुर्ण तरिकाले गरिने जुम्लाका अगुवाहरुले बताएका छन् ।
जुम्लामा आन्दोलन स्थगीत हुदैमा सुर्खेतले राजधानी छोडेको सोच्न नहुने भन्दै, माग सम्बोधन नभए अझ आन्दोलनले उग्र रुप लिने सम्भावना देखिन्छ । जुम्लाका निर्वाचित सबै सांसद तथा राजधानीमा बसोबास गर्ने कर्णाली बासीलाई आन्दोलनमा सरिक हुन अपिल गरिएको छ ।
यसअघि जुम्लामा विरोध प्रदर्शन, राँके जुलुस, सिठ्ठी जुलुस, मोटरसाईकल रयाली लगायतका दवाव मुलक कार्यक्रम भईसकेका थिए ।
कर्णालीवासीलाई विभिन्न बहानामा सदियौ देखिको केन्द्रियताले गरेको उत्पिडनले पछाडी परेको स्मरण गर्दै नेपालको परिवर्तनमा पछिल्लो समयमा संघीयतामा कर्णालीलाई प्रादेशिक संरचनामा समेत उत्पीडनमा पार्ने षडयन्त्र भएकोमा गम्भीरध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि हालतमा कर्णालाई राजधानी बनाउन सरकारले आनकाने गरेमा मर्न पनि तयार हुने जुम्लाबासीको चेतावनी छ ।