☰ open Loading... 24 February 2025|  

प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलन
  | २५ पुष २०७४, मंगलवार १६:३१

डोटी ।  प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम हुनुपर्ने माग राख्दै मंगलबार क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको छ। एक सातासम्म लगातार यातायात बन्द तथा आमहड्ता गर्दै आन्दोलनमा रहेका डोटीबासी मंगलबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्दै धर्ना बसेका हुन् ।

राजधानीको माग गर्दै सरकारलाई दबाब दिन धर्ना कार्यक्रम गरिएको संघर्ष समितिले जनाएको छ। ‘राजधानी मागको आन्दोलनजारी रहेको छ’, संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले भने, ‘बन्द, हड्ताल गरेपनि सरकारले राजधानी डोटी कायम नगरुन्जेसम्म आन्दोलनजारी रहनेछ।’