☰ open Loading... 5 May 2024|  

लायन्स क्लवद्वारा निःशुल्क दन्त शिविर
  | २८ पुष २०७४, शुक्रबार १९:३५

सुर्खेत । लाइन्स क्लब इटरनेशनल ३२५ बी टु अन्तरगतका क्लवहरूकाे संयुक्त अायाेजनामा वीरेन्द्रनगरमा निःशुक्ल दन्त शीविर सम्पन्न गरेकाे छ । वीरेन्द्रनगर-८ सिद्ध बहिरा विद्यालयमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न गरेकाे हाे ।

शिविरमा ७० जना बालबालिकाको दाँत परिक्षण गरिएको सुर्खेत मध्यपश्चिम लाइन्स क्लवका अध्यक्ष भानुभक्त खड्काले जानकारी दिए । ७० जना विद्यार्थीहरुलाई सरसफाई सामाग्री समेत वितरण गरिएको थियो ।

सुर्खेत मध्यपश्चिम लाइन्स क्लव, सुर्खेत भ्याली लाइन्स क्लव, भैरव लाइन्स क्लवको आयोजना, सुर्खेत स्थित सबै लाइन्स क्लवको सह–आयोजना र देउती डेण्टल केयर होम प्रालिको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियाे ।

सुर्खेत भ्याली लाइन्सका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लाइन्सका डिस्ट्रक एडभाइजर टिकाराम चपाई लगायतको उपस्थिति थियो ।