Loading... 14 August 2018|   मङ्लबार, साउन २९, २०७५

दुल्लु उद्योग वाणिज्य संघकाे अध्यक्षमा थापा र अन्यमा वामपन्थीकाे प्यानल विजयी

  |

सुर्खेत । दैलेखको दुल्लु नगर उद्योग वाणिज्य संघमा अध्यक्षमा बाहेक अन्यमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भने लाेकतान्त्रिक प्यानलका ओमकार थापा निर्वाचित भएका छन् ।

संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका थापाले १७१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी वामपन्थी प्यानलका डिलबहादुर खड्काले १३९ मत ल्याएर पराजित भएका छन् । तर अन्य पदहरुमा भने वामपन्थीले वर्चश्व जमाएकाे छ ।

वरिष्ठ उपाध्यक्षमा वामपन्थी प्यानलका कमल प्रसाद शर्मा (१७०), उपाध्यक्षमा शाेभा थापा (१७०), महासचिवमा चन्द्रप्रसाद पाेखरेल (१८८), सचिवमा जितेन्द्र कार्की (१८७) र काेषाध्यक्षमा केशवबहादुर कार्की (१६३) मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सदस्यहरूमा पनि वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् ।

विजयीहरूकाे नामावली :

प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४     9:56:49 PM