☰ open Loading... 24 November 2024|  

डाक्टरसहितकाे टाेली भाइरल प्रभावित क्षेत्र जाजरकाेट पुग्याे
  | २९ पुष २०७४, शनिबार १५:४५

जाजरकोट । भाईरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १,२ र ३ मा औषधी र डाक्टरसहितको टिम पुगेको छ । पुर्वगृहमन्त्री तथा तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरीसहितको टिम जाजरकोट पुगेको हो ।

जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १ ,२ र ३ मा औषधी वितरण र सदरमुकाममा अन्तरक्रिय सहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाईरल प्रभावित क्षेत्रमा ८ क्विन्टल औषधी समेत ल्याईएको छ ।

जाजरकोटवाट काठमाण्डौँ ल्याएर राष्टिय प्रयोगशाला जाँच गरेको विरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । भाईरलवाट मृत्यू हुँनेको संख्य १३ पुगीसक्दा वल्ल राज्यले आँखा खुलेको स्थानीयले वताएका छन् ।