☰ open Loading... 17 May 2024|  

खाजाकाे रकम बचत गरेर बालबालिकालार्इ न्यानो कपडा हस्तान्तरण
  | २९ पुष २०७४, शनिबार १७:२२

वीरेन्द्रनगर । सुर्खेतका युवाहरुले खाजा खर्च कटाएर सडक वालवालिका हरुलाई न्यानो कपडा वितरण गरेका छन् । भैरव युवा सशक्तीकरण केन्द्रमा पुनर्स्थापनाका लागि राखिएका १५ जना सडक बालबालिकालाई न्योनो कपडा वितरण गरेका हुन् ।

म्यान्स रुम रिलोडेड सस्था सुर्खेतका सागर लम्सालले पत्रकारहरुको उपस्थितिमा भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए । न्यानो कपडा हस्तान्तरण गर्दै सयोजक लम्सालले चिसो मौसममा बालबालिकाको अवस्था देखेर साथीहरु मिलेर खाजा खाने पैसा बचाएर बालबालिकालाई न्यानो कपडा वितरण गरेको बताए ।

न्यानो कपडा बुझ्दै अध्यक्ष भट्टराईले बालबालिकालाई पहिले कै अवस्थामा ल्याउन समय लाग्ने बताए । उनले आफूले सडक बालबालिकालाई आफूले बस्नका लागि आश्रम दिएको भए पनि विभिन्न सघ सस्थाले खाने कुरा र लगाउने कपडा सहयोग गरेको बताए ।

म्यान्स रुम रिलोडेडले सुर्खेतमा पछिल्लो समयमा सामाजिक कार्यक्रममा सक्रियता देखाएको छ । एक साता अघि म्यान्स रुम रिलोडेडले सुर्खेतमा रक्तदान तथा रक्त परीक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

विभिन्न स्थानका पन्ध्रजना सडक बालिका करिब एक साता अघि पत्रकार तथा भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईको सक्रियतामा अस्थायी रुपमा पुर्नस्थापित भएका हुन् ।