☰ open Loading... 24 June 2025|  

पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउँदै
  | ३० पुष २०७४, आईतवार १८:०८

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउने भएका छन् । पश्चिम नेपालको भम्रणमा रहेका शाह देउती बज्यै मन्दीरको दर्शन गर्न सुर्खेत आउन लागेका हुन् ।

माघ ३ गते मंगलवार विहान ११ बजे देउती बज्यै मन्दिरमा पूर्वराजा शाहले विशेष पूजा गर्ने कार्यक्रम तय भएको संयोजक बलभद्र भारतीले जानकारी दिए ।

उनले पूर्व राजाको स्वागत गर्न समिति गठन गरिएको बताए ।

भारती नै संयोजक रहेको ६५१ सदस्यीय समितिको सदस्यहरुमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वशन्त थापा, तुलाराम गिरी, मुकुन्दश्याम गिरी, मानबहादुर खड्का लगायत छन् ।