☰ open Loading... 11 February 2025|  

बोटेचौर महोत्सवको तयारी पूरा
  | ३० पुष २०७४, आईतवार १८:५०

सुर्खेत । पूर्वी सुर्खेतको बोटेचौरमा (भोली) सोमबारदेखी शुरु हुने महोत्सवको तयारी पूरा भएको छ । गुर्भाकोट नगरपालिका ९ साहरेमा सञ्चालन हुने कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव तयारी मंगलबार पूरा भएको हो ।


महोत्सवमा ५० स्टल, तारवार, गेट तथा मञ्च निर्माण सम्पन्न भएको महोत्सव आयोजक समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ससीराम भट्टराईले जानकारी दिए ।

उनले महोत्सव अवधिभर स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिवल प्रतियोगिता, स्थानीय लोक सांस्कृतिक झल््कने नाच, झ्याउरे, टप्पा तथा पञ्चेबाजा प्रदर्शनी, झुला तथा बालउद्यान रहेको बताए ।

गुर्भाकोट नगरपालिका वडा नम्बर–९ को वडा कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको महोत्सवको उद्घाटन प्रतिनिधि सभाका सांसद् ध्रुवकुमार शाही र प्रदेश सांसद ठम्मर विष्टले गर्ने कार्यक्रम तय भएको भट्टराइले बताए । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिमा २० लाखको कारोवार र झण्डै ३५ हजार नागरिकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सव अवधिभर नायक दिलिप रायमाझी, गायक रामजी खाँड, खुमन अधिकारी, मिलन लामा, कमल खत्री, कृष्ण रेउले, राजेन्द्र भट्ट, धनराज चुनारा, सुकदेव अधिकारी, चक्र बम, टंक तिमिल्सेना तथा गायिका तृप्ती खड्का, सरिता प्रजापति, करिस्मा घर्ती लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।