कालिकोट । प्रहरीले पीडितको मुद्धा दर्ता गर्न आनाकानी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन । चार महिना अवद्यिमा कार्यसम्पादन गरेका गतिविधिहरु सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले यस्तो आरोप लगाएको आजको मालिका पोस्ट दैनिक खबर छ ।
पुस ७ गते म्यादी प्रहरी र प्रहरीको झडप पछि नागरिक र प्रहरीको सम्बन्धमा बढेको दुरी घटाउन अयाोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले प्रहरीकै मिलोमतोमा पीडितले न्याय नपाउने गरेको आरोप लगाए ।
जिल्लाका ग्रामीण क्षेत्रबाट न्यायका लागि प्रहरी कार्यालयसम्म आउने पीडितहरुका मुद्धा प्रहरीले दर्ता समेत नगरिदिने गरेको उनले बताए । ‘अपराधहरु प्रहरीबाटै संरक्षित हुदाँ समाजमा हुने अपराधलाई न्युनिकरण गर्न चुनौती देखिएको छ’ उनले भने, ‘म्यादी प्रहरीको विवेक एडीको घटनामा उच्चस्तरीय छानविन समितिले पनि ढाकछोप गर्ने गरी प्रतिवेदन ल्याएर भन्ने सुनिएको छ ।’