☰ open Loading... 30 April 2024|  

दाङमा माइक्रो बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु
  | १ माघ २०७४, सोमबार १८:५८

पार्वती वस्नेत, तुलसीपुर । घोराही सडक खण्डमा बा ३ ख ९५२१ नम्वरको माइक्रो बस दुर्घटना हुँदा  एक जनाकाे मृत्यु भएकाे छ ।  दुर्घटनामा    १२ जना घाईते भएका छन । घाईतेमध्य १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापरी मा तुलसीपुर–३ का ज्ञानबहादुर गीरी रहेको प्रहरीले जनाएकाे छ ।

 दुर्घटनामा  तुलसीपुर भद्रपुरका देवी श्रेष्ठ ,मानपुर १४ का देवी महरा , सनतोष चौँधरी , नारायणपुर १० निवासी धर्मा पोख्रेल , घोराहि ७ की सिता ढकाल र उनकी ५ वर्षिया छोरी मिनुका ढकाल , घोराहि ६ का प्रशंग आचार्य , घोराहि १६ का अमर डाँगी , घोराहि १७ की यमुना रेग्मी र उनकी ३ वर्षिया छोरी संयोग रेग्मी , प्युठान थापलीकी आशा जिएम घाईते भएका छन ।  घाइतेहरू मध्य घोराहि ७ का प्रशंगको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएकाे प्रहरीले जनाएकाे छ ।

अन्य घाईतेहरुको तलुसीपुरको राप्ति अंचल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घोराहीबाट तुलसीपुर तर्फ आइरहेको माइक्रोबस ग्वार खोलामा अनिन्त्रित भई दुर्घटना भएको थियो । माइक्रो बसका चालक फरार रहेका छन् ।