☰ open Loading... 19 May 2024|  

‘प्रदेश ६ र ७ भुकम्पको उच्च जोखिममा’
  | २ माघ २०७४, मंगलवार १७:१५

सुर्खेत ।   प्रदेश नम्बर ६ र ७ भुकम्पको उच्च जोखिममा रहेको भुकम्प दिवसमा तथ्य सार्वजिनक गरिएकाे छ । २० औँ भुकम्प दिवसकाे अवसरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले अायाेजना गरेकाे कार्यक्रममा  प्रदेश ६ र ७ भुकम्पकाे उच्च जाेखिममा रहेकाे बताइएकाे हाे । 

हिमाली क्षेत्र हुनु र अधिकाँश संरचना भुकम्प मापदण्ड विपरित रहेकाले यस क्षेत्रका संरचना भुकम्पकाे जाेखिममा रहेकाे भुकम्प मापन केन्द्र सुर्खेतका रत्नमणी गुप्ताले बताए । ‘भुकम्प’ पुर्व सूचना दिएर नआउने भएकाले अहिले देखी नै नयाँ बन्ने संरचना बलियो बनाउन आग्रह गरे । उनले सन् १५०५ भन्दा यता पश्चिम नेपालमा ठुलो भुकम्प नआएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले हिमाली क्षेत्र बढी भएकाले भुकम्प जुनसुकै बेला आउने सक्ने भएकाले सबैले सावधानी अपनाउन आग्रह गरे । ‘हामीले भुकम्पलाई रोक्न सक्दैनाैं’ प्रमुख जिल्ला अधिकारी कार्कीले थपे, ‘भुकम्पबाट सुरक्षित रहन पुर्वाधार निर्माणमा ध्यानदिनु पर्छ ।’ ‘भौतिक संरचना र पुर्वाधार निर्माण गर्दा हामीले ध्यान दिदाँ भोलीका हाम्रा सन्ततीले भुकम्पबाट क्षति व्येहोर्न नपर्ने तर्क उनकाे थियाे ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भवन निर्माण गर्दा भवन निर्माण आचार सहिंतालाई पालनागरी भवन निर्माण गर्न आग्रह गरे ।  डिभिजन भवन कार्यालय सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले भुकम्पबाट सुरक्षित रहन भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए ।

भुकम्पले मार्दैन तर हामीले निर्माण गरेको भौतिक संरचनाले ज्यान लिने गरेकाे उल्लेख गरे । भौतिक संरचना निर्मण गर्दा भवन निर्माण आचारसंहिता २०७२ लाई पालना गरी भवन निर्माण गर्न आग्रह उनले गरे ।