☰ open Loading... 18 April 2024|  

प्रदेश ६ काे प्रमुखमा खनाल, प्रदेश ५ काे अस्थायी राजधानी रूपन्देही
  | ३ माघ २०७४, बुधबार १७:४९

काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको छ । बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको हो ।

प्रदेश नम्बर ६ काे प्रमुखमा दुर्गाकेशर खनाललार्इ सरकारले ताेकेकाे छ । प्रदेश ६ को प्रमुख नियुक्त भएका खनाल कांग्रेसका पुराना नेता हुन्त । सरकारले प्रदेश पाँचकाे अस्थायी राजधानी रूपन्देही कायम गरेकाे छ । यस्तै, प्रदेश ७ काे प्रमुखमा मोहनराज मल्ललाई नियुक्ती गरिएको छ ।

प्रदेश २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर र ५ मा उमाकान्त झालाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलाली तोकिएको छ ।