☰ open Loading... 19 April 2024|  

बुटवल राजधानी ताेक्दा दाङमा अान्दाेलनकाे घाेषणा
  | ३ माघ २०७४, बुधबार १८:५३

पार्वती बस्नेत
दाङ । सरकारले प्रदेशप्रमुख र ७वटै प्रदेशको अस्थायी मुकाम तोकेसँगै प्रादेशिक राजधानि सरोकार समिति दाङले थप कडा आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रादेशिक राजधानि सरोकार समिति दाङका संयोजक नारायण भुषालका अनुसार दाङ राजधानि हुनका लागी भौगिलिक लगायत सुरक्षाका हिसाबले समेत पुर्ण रहेको अबस्थामा अहिले प्रदेशको अस्थायी मुकाम अन्यत्रै तोकिनुले सम्पुर्ण ५ नम्बर प्रदेशबासीहरुका लागी अन्यायपुर्ण रहेकाले पनि सरकारले यो निर्णय नसच्याउनजेल सम्मकालागी अब राजमार्ग केन्द्रित थप आन्दोलन बन्द लगायतका अन्य आन्दोलनहरु जारी गरिने संयोजक भुषालले बताए ।

आन्दोलन सफल पार्नका लागी सम्पुर्ण ५ नम्बर प्रदेशबासीहरु एकजुट भयर आन्दोलनमा सरिक हुन पनि संयोजकले सबैमा अनुरोध गरे ।

बिहीबारदेखी हुने अान्दाेलनमा एम्बुलेन्स बाहेक अन्य कुनैपनि सवारी साधन चल्न नदिने उनले बताए । दाङ प्रादेशीक राजधानी नबनाएको विरोधमा माघ ३ गतेको दिनलाई कालो दिनको रूपमा लिने भन्दै घोराहीको तुलसीपुर चोकमा कालो झण्डा राखीएको छ ।