☰ open Loading... 3 May 2024|  

मुगुको माथि तुम गाउँ छाउगाेठमुक्त घोषणा
  | ३ माघ २०७४, बुधबार १९:१२

नन्द बहादुर रोकाया
मुगु । छायाँनाथ रारा नगरपालिका-३ माथि तुम गाउँलाई छाउपडी मुक्त गाउँ घोषणा गरिएको छ । छाउपडी गोठमुक्त घोषणा गर्ने न्युनतम मापदण्ड र सुचक पुरा भएको भन्दै गाउँलाई जिल्लाकै दोस्रो छाउपडी मुक्त गाउँ घोषणा गरिएको हाे ।

छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा हिमाली ग्रामिण युवासमाज बिकास केन्द्र मुगुको सहजिकरणमा माथि तुम गाउँलाई छाउपडीमुक्त घोषणा गरिएको वडा अध्यक्ष नर बहादुर रावलले जानकारी दिए । उनका अनुसार जिल्ला स्तरका सरोकारवाल निकायबाट ३ नं वडाको माथि तुम गाउँमा अनुगमन गराए पछि ५० घरधुरी सवैमा महिलाहरु महिनावारी हुँदा घर भित्रै बस्न थालेका छन् ।

साथै महिनावरी भएकाहरूले गाईको दुध, दहि, घिउ खाने गरेका र सरसफाईलाई प्राथामिकतामा राखेर सुचक पुरा भएपछि गाउलाई छाउपडी मुक्त गाउँ घोषणा गरीएको उनले बताए ।

विगतमा छुई भएको वेला गोठमा बस्दा धेरै पटक विरामी हुने विरामी हुँदा वा समस्या आउदा समेत गोठमा नै बस्नुपरेको स्मरण गर्दै बिस्नसमाया रावलले अहिले जमाना फरिएरसंगै छोरी चेलिलाई महिनावारी हुँदा घर भित्रै बस्न राख्न पाउँदा खुसी भएकाे बताइन् ।

परम्परादेखि नै कुरितीका कारण गाउँका महिला महिनावारी भएको वेला तिन दिनदेखि सात दिनसम्म गोठमा बसाल्ने गरेका भएपनी पछिल्ला बर्षहरुमा त्यस्तो अबस्था नभएको रावलले बताइन ।

सबै घरका महिलाहरुले छाउपडी बिरुद्ध आनिबानिमा परिर्वतन गरेसंगै माथि तुमगाउँ लाई छाउगोठ मुक्त गाउँ घोषणा गर्न सफल भएको हिरिष्डेक मुगुमा मानव अधिकार अधिकृत सन्जु तिमेल्सैनाले बताए ।