☰ open Loading... 2 May 2024|  

जुम्लामा पनि मनाइयो सोनाम ल्हाेसार
  | ४ माघ २०७४, बिहीबार १७:०४

सागर परियार
जुम्ला । तामाङ समुदायको सोनाम लोसार धुमधामसँग जुम्ला मनाई रहेका छन् । तामाङ समुदायहरुले आ–आफ्नो क्षेत्रमा भेला भएर विविध कार्यक्रम गर्दै नयाँ वर्षको स्वागत गरेका हुन् । यो अवसरमा देश तथा विदेशमा रहने नेपालीहरुले सोनाम लोसारको शुभकामना आदानप्रदान गर्दै मनाएका छन् ।

लोसारको अवसरमा आज जुम्लामा विशेष कार्यक्रमको आयोजना गरी मनाई रहेका छन् । तामाङ समुदायका बुद्धि तामाङका अनुसार सोनाम लोसार विषेश गरी एक आपसमा भेटघाट गर्ने र खुशियाली मनाउने गरेका छन् । सो कार्यक्रममा हजारौँ तामाङ युवायुवतीहरु आफ्नो परम्परागत पहिरनमा सजिएर विशेष कार्यक्रममा सहभागिता जनाउने गर्दछन् ।

जुम्लामा तामाङ समुदायले भेडा वर्षको विदाई र कुकुर वर्षको स्वागत गर्दै विविध कार्यक्रम गरी मनाएका छन् । बालबालिका, युवायुवती तथा वृद्धवृद्धा आफ्नै जातीय पोशाकमा सजिएर कार्यक्रममा सहभागि भएका थिए । सांस्कृतिक कार्यक्रमसहित सोसार भब्यताको साथ मनाइएको बृद्धि तामाङले बताए ।ल