☰ open Loading... 26 April 2024|  

बोटेचौर महोत्सवमा ओइरिदै दर्शक
  | ४ माघ २०७४, बिहीबार १८:२५

सुर्खेत । माघ १ गतेदेखी जारी रहेको गुर्भाकोट नगरपालिका बोटेचौरमा दर्शकको सहभागी बढेको छ । गुर्भाकोट–९ बोटेचौरमा जारी रहेको कृषि व्यापार तथा सांस्कृती महोत्सवको चौथो दिनसम्म करिव ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।


बिहीबार गायक कृष्ण रेउले, लोकपप गायिका सरिता प्रजापति, सर्वाधिक लोकदोहोरी गायक नविन खड्काले प्रस्तुती राखेको महोत्सव व्यवस्थापक खिम पाण्डेले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा पञ्चेबाजा प्रर्दशनी, स्थानीय टप्पा तथा झ्याउरे नाच समेत प्रर्दशनी गरिएको थियो । बिहीबार मात्रै ७ हजार दर्शक अवलोकन गरेको पाण्डेको भनाई छ ।

शुक्रबार गायक मिलन लामा, गायिका तृप्ती खड्का, धनराज चुनारा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले बताए । महोत्सवमा स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिवल प्रतियोगिता समेत सञ्चालनरत छन् ।