☰ open Loading... 5 May 2024|  

पदाधिकारीहरुद्धारा सपथ ग्रहण
  | ४ माघ २०७४, बिहीबार १८:२२

सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएको छ । गत पुस २७ गते सम्पन्न सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन गरिएको हो ।

संस्थाको अध्यक्षमा गणेशकुमार बस्नेत, उपाध्यक्ष्ँमा पूर्णबहादुर नेपाली, सचिवमा दिपेन्द्र ढकाल र कोषाध्यक्षमा सुरेशबहादुर गौतम निर्वाचित भएका थिए । यस्तै, सदस्यहरुमा मिलन श्रेष्ठ, चन्द्राकुमारी खड्का, महेश्वर तिवारी, इन्द्रबहादुर थापा, राजेन्द्र गौतम, वाशुदेव शर्मा र मानबहादुर खड्का छन् ।

सभाले भद्र भण्डारीका संयोजक्त्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती गठन गरेको छ । सदस्यहरुमा नगेन्द्र चौलागाई र श्रीधर के.सी. रहेको सहकारी संस्थाका प्रबन्धक प्रवेशमान मानन्धरले जानकारी दिए ।