☰ open Loading... 23 December 2024|  

राजधानीको माग गर्दै अदालत घेराउ
  | ५ माघ २०७४, शुक्रबार १४:२५

पार्वति वस्नेत, दाङ ।

प्रदेश नं. ५ को राजधानी दाङ बनाउनु पर्ने माग राख्दै आन्दोलनको तेश्रो दिन आज (शुत्रबार) जिल्ला अदालत घेराउ गरेका छन । प्रदेश नम्बर ५ को राजधानी रुपन्देही घोषणा गरिएपछि आक्रोशित दंगालीरुको बन्दका कारण आज पनि विहानै देखि यातायात, सेवा ठप्प हुदाँ दाङको जनजिवन प्रभावित बनेको छ ।


साथै आज बन्दको तेसा्रे दिन दाङमा आन्दोलनरत प्रादेशिक राजधानि सरोकार संघर्ष समितिले सरकारी कार्यालय पनि बन्द गर्न आह्वान गरेको छ भने अटेरी गरी खुलेका सरकारी कार्यालयहरुमा पुगेरै संघर्ष समितिले वन्द गर्न लगाईएको छ ।

बजार उद्योगधन्दा सबै ठप्प छन् भने शिक्षण संस्थाहरु पनि बन्द छन् । राजधानीका लागि विज्ञहरुले दाङलाई गरेको प्रस्तावलाई लत्याएर सरकारले रुपन्देहीलाई राजधानी घोषणा गरिएपछि दाङमा आक्रोश चुलिएको छ । देउखुरीमा महेन्द्रराजमार्ग अवरुद्ध पारेर आन्दोलनलाई कडा पारिएको छ ।

देउखुरीका प्रमुख व्यापारिक केन्द्र लमही र भालुवाङ बजारमा आन्दोलनकारीहरु बिचसडकमै बसेका छन् । यो आन्दोलनले लामो दुरीमा चल्ने सवारी साधनहरु चल्न सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् । यसैगरि जिल्ला सदरमुकाम घोराही र तुलसीपुर बजार पनि पूर्णरुपमा बन्द गरिएका छन् । तुलसीपुरमा गरिएको बन्दले तुलसीपुर भएर पुग्नु पर्ने पहाडी जिल्ला सल्यान र रुकुमको यातायात सेवा समेत ठप्प रहेको छ ।

सरकारको पछिल्लो निर्णय फिर्ताका लागि दबाब दिने आन्दोलनको नेतृत्व प्रमुख दलहरुले लिएका छन् । कांग्रेस,एमाले र माओवादी केन्द्रले आज देखि आन्दोलनको नेतृत्व लिएका हुन् । दलहरुले संघर्ष समिति निर्माण गरेर आन्दोलनलाई कडा बनाउने निर्णय गरेका छन् । उनिहरुले महेन्द्र राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरेका छन् । यसअघि सम्म बिहान देखि बेलुका सम्म मात्रै बन्दको कार्यक्रम तय गरिएको भएपनि अब भने रातभर पनि बन्द गरिने भएको छ । यसअघि राजधानी सरोकार समितिको नेतृत्वमा आन्दोलन भैरहेको थियो ।