| ५ माघ २०७४, शुक्रबार १८:०३
दाङ । उच्च अदालत तुलसीपुरका कानुन ब्यबसायीहरुले माघ ३ गतेको सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा रिट हाल्ने चेतावनी दिएका छन। उच्च अदालत बार एशोसीयसन शुक्रबार बसेको बैठकले प्रदेश मुकाम उच्च अदालत स्थापना भएकै स्थानमा तोक्नुपर्ने कानुनी ब्यबस्था हुदा हुदै अन्यत्र घोषणा गरेको बिरुद्धमा सर्बोच्चमा रिट दायर गर्ने निर्णय गरिएको बारका अध्यक्ष बिजय पौड्ेलले जानकारी दिए ।
कानुन ब्यबसायी बिष्णुमणी देबकोटाले सर्बोच्चमा सरकारका बिरुद्ध रिट दायर गर्ने र सडक संर्घषमा समेत कानुन ब्यबसायी सहभागि हुने बताए ।
कानुनी उपचारलाई सर्वोच्च अदालतको ढोका सम्म पुग्ने निर्णय गरिएको उहाले बताउनुभयो । अर्को बिकल्प नागरिकबाट शुरु गरिएको स्वतस्फुर्त आन्दोलनमा समेत कानुन ब्यबसायी सहभागि हुने उच्च अदालत बार एशोसीयसन तुलसीपुरले निर्णय गरेकाे उनले जानकारी दिए ।