☰ open Loading... 3 May 2024|  

सुर्खेतदेखी विमानलाई खाद्यन्न ढुवानी गर्न भ्याई–नभ्याई
  | ५ माघ २०७४, शुक्रबार १८:१०

सुर्खेत । प्रदेश ६ अन्तरगत पर्ने कर्णाली जिल्लाहरुमा खाद्यन्न ढुवानीमा तिव्रता दिइएको छ । फागुन पहिलो सातादेखी विमान कम्पनीहरु लुक्ला जाने र ढुवानी प्रभावित हुने भएकाले माघ महिनामै कर्णाली अञ्चलका जिल्लाहरुमा खाद्यन्न ढुवानीमा तिव्रता दिइएको हो ।


सडक सञ्जाल नपुगेका कर्णालीको हुम्लामा विमान कम्पनीहरुलाई सुर्खेत विमानस्थलबाट काग्रो सामग्री ढुवानी गर्न भ्याइनभ्याई भएको छ । यो सिजनमा हिमाली जिल्ला हुम्लामा कम हिमपात भएको र मौसमले साथ दिएकाले नेपाल खाद्य संस्थानको चामल लगायतका अन्य सामग्री ढुवानी गर्नमा विमान कम्पनीहरु दैनिक कम्तीमा ४० देखी ५२ उडान भर्दै आएको सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले जानकारी दिए ।

शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट कम मात्र उडान भएकाले पनि सुर्खेतमा विमान कम्पनीहरुको चाप बढेको प्रमुख पन्त बताउँछन् । सुर्खेतबाट सिमिकोटमा खाद्यन्न ढुवानी गर्ने र हुम्लाको सिमिकोटदेखी बाजुराको कोल्टीहुँदै यात्रुहरु सुर्खेत ल्याउनमा विमानहरु व्यस्त छन् । सुर्खेतदेखी विमान कम्पनीहरुले दैनिक खाद्यन्न, पुल निर्माणका तथा काग्रो सामग्री बढी ओसार्ने गरेका छन् ।

खाद्य संकट हुने हुम्लामा यो पटक सुर्खेतबाट ७ हजार क्वीन्टल र नेपालगञ्जबाट ३ हजार क्वीन्टल चामल ढुवानी गर्ने कार्यतालिका रहेको नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भिमबहादुर थापाले बताए । उनले यो मध्य सुर्खेतबाट विमानमार्फत ५ हजार र नेपालगञ्जबाट १५ सय क्वीन्टल खाद्यको चामल सिमिकोट ढुवानी भइसकेको छ ।

सिमिकोटका लागि संस्थानले छुट्टाएको कोटाको चालम विमानमार्फत माघ १५ गतेभित्र ढुवानी गरिसक्नेछ । हुम्ला बाहेक कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्लामा खाद्य संस्थानले स्थलगत मार्गबाट चामल ढुवानी गरिरहेको थापाले बताए । समयमै खाद्यन्न हुम्लामा पु¥याएकाले यो पटक हुम्लामा खाद्य संकट नहुने अपेक्षा संस्थानको छ