☰ open Loading... 4 May 2024|  

बाेटेचाैरमा मिनल र तृप्तीले नचाए दर्शक
  | ५ माघ २०७४, शुक्रबार २१:२३

सुर्खेत । बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको गीत गाउँदै मञ्चमा उक्लिएका चर्चित गायक मिलन लामाले शुक्रबार दर्शकलाई स्तब्ध बनाए । गायक लामालाई हेर्न र गीत सुन्नकै लागि बोटेचौर महोत्सवमा दर्शकहरु ओइरिएका थिए ।


माघ १ गतेदेखी बोटेचौरमा जारी महोत्सवमा लामाले माझी दाइ बोटेचौर आइछ बोलको गीत सक्न नपाउँदै ‘वान्स मोर’ भन्दै दर्शक दिर्घाबाट हुटिङ गुञ्जिन्थ्यो ।

लामाले पनि बोटेचौर मेलामा सहभागी दर्शकलाई दर्जनबढी आफ्ना चर्चित गीतहरु सुनाएका । गायिका तृप्ती खड्काले पनि आधा दर्जनबढी गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिइन् ।


महोत्सव सञ्चालन भएको ४ दिनसम्म करिव ४० हजार दर्शकले अवलोकन ग रेको महोत्सव व्यवस्थापन खिम पाण्डेले जानकारी दिए । उनका अनुसार शनिवार कमल खत्री, रोसन रतगैया, सुनिल विसी, मोडल चेतना थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।