☰ open Loading... 24 November 2024|  

जनस्वास्थ्यका विषयगत सेवा स्थानीय तहलार्इ हस्तान्तरण
  | ६ माघ २०७४, शनिबार १९:०३

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले स्वास्थ्य सम्बन्धिका बिषयगत सवै सेवाहरु स्थानिय तहरुलार्इ हस्तान्तरण गरेको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गर्दै अाएका विषयगत कार्यक्रमहरू शनिवार एक कार्यक्रमकाे अायाेजना गरेर वीरेन्द्रनगर नगरपालिकालार्इ हस्तान्तरण गरेकाे हाे ।

विषयगत कार्यक्रमहरू हस्तान्तरण गरेकाे प्रमाणपत्र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धिरजंग शाहले वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण खड्कालार्इ गरे । जिल्ला जनस्वास्थ्यबाट प्रदान गर्दै आएका कार्यहरू अवदेखी वीरेन्द्रनगर कार्यापालिकाबाट कार्यान्वयमा अाउनेछन् ।

सुर्खेतका अन्य ८ वटै स्थानीय तहबाट स्वास्थ्यका विषयगत कार्यक्रम सञ्चालन हुनेछन् । प्रतिनिधि सभा सुर्खेतका सांसद ध्रुवकुमार शाहीले स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरूलार्इ सही रूपमा कार्यान्वय गर्न सुझाव दिए ।

यसैविच, शनिवारनै वीरेन्द्रनगर नगरपालिका पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएकाे छ । नगरपालिकाका सबै वडाहरुमा बस्ने १६ देखी २३ महिनासम्मका १ हजार ७४० बालबालिकाहरुले सबैप्रकारका खोप पार्इसकेकाले वडालार्इ पुर्णखोप युक्तवडा घोषणा गरिएको नगर स्वास्थ्य संयोजक उदय थापाले बताए ।