☰ open Loading... 27 November 2024|  

विपन्न बालबालिकालाई न्यायो कपडा वितरण
  | ८ माघ २०७४, सोमबार १८:२२

सागर परियार
जुम्ला । जुम्लाको कठयांग्रीदो चिसोबाट बालबालिका तथा बृद्धाबृद्धहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । अझ त बजार क्षेत्रका भन्दा ग्रामिण बस्तीका बालबालिका चिसोबाट बढि प्रभावित भएका छन् । लांगमा लगाउने बाक्लो कपडा नभएको, घरमै भएका अन्नपात प्रसस्त झोल खानु पर्ने ज्ञान नभएको, केहि समस्या हुदाँ बखत नऔषधी पाईन्छ । न स्वास्थ्य कर्मीहरु पुग्छन् । यो यर्थात दृष्यि जुम्ला तिला
गाउँपालिका सुडी र पोर्खीको हो । यहाँका कुनै स्वास्थ्य संस्था पनि छैनन् ।

स्वयम सेविकाहरु पनि चिसोबाट बच्ने उपाय सिकाउन कुनै घरमा पुग्दैनन् । पोर्खीका रामलाल राव्तलाई विहान साँझ पर्दा निकै डर लाग्छ । दिउस त घामले पनि तातो दिन्छ । तर उनका ३ वटा बाल बच्चाको आंग ढाक्ने प्रयाप्त लत्ताकपडा नभएकै कारण विहान बेलुकाको कठयांग्रिदो चिसोले कहि भईहाल्छ की भन्ने पिरले सताउन्छ ।

घरको पारिवारिक अबस्था निकै कमजोर भएको चिसोबाट बच्न कुनै उपाय नभएको भन्दै यति आफु र आफ्ना ३ बच्चलाई केहि भइहाले उपचार गराउने सुक्को पैसो नभएको बताए । उनि आफु ४७ वर्षका छन् । रामलाल रावत पोख्री गाउँका प्रतिनिधि पात्र मात्रै हुन् । त्यस्तै कहाली लाग्दो कथा यहाँ धेरैको छ ।

कसैले खान भन्दा पनि आंग ढाक्ने एकसरो लुगाफाटो दिएको भईदिने भन्ने सुडी पोख्री गाउँका स्थानियको जिनो आशा छ । यस्तै आशाका बिच आईतबार जुम्लामा रहेको सामाजिक क्षेत्रमा विगत देखि काम गर्दै आएको गैरसरकारी संस्था कर्णाली विकास हातेमालो सेवा समाजले पोख्री र सुडी गाउँका बालबालिकलालाई न्यायो कपडा वितरण गरेपछि निकै खुसी भएका छन् । दुई गाउँका स्थानियलाई ढुंगा खोज्दा देवता भेटिए जस्तै भएको छ ।

तिला गाउँपालिका ६ सुडीका स्थानीय कृष्ण रावतले हामी जस्तो आर्थिक स्तर कमजोर भएका विपन्न व्यक्तिहरुलाई चिसोमा न्यानो कपडा उपलव्ध गराउदा राहत महशुस भएको बताए । उनले भने हामी वेरोजगार छौँ सुख्खा खडेरीका कारण अन्नबाली पनि राम्रो उत्पादन हुदैन । चिसोमा बालबच्चालाई न्यानो कपडा वितरण गर्दा ठुलो सहयोग भएको बताए ।

त्यसैगरी सोही गाउँपालिका ७ पोख्रीका गोरे रोकायाले भने चिसोमा हाम्रा बालबालिकालाई न्यानो कपडा वितरण गर्दा सहयोग पुगेको छ । चिसोले जनजीवन कष्टकर भएको अवस्थामा न्यानो कपडाले बालबालिकालाई राहत पुगेको रोकायाले बताए ।

सुडी र पोख्री गाउँका २२७ बालबालिकलाई कपडा वितरण

तिला गाउँपालिका ६ सुडीका १ सय ७ जना र सोही गाउँपालिका ७ पोर्खी गाउँका १ सय २० बालबालिका गरी २ सय २७ जना बालबालिकालाई चिसोबाट सुरक्षित रहनका लागि न्यानो कपडा वितरण गरिएको छ । कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले त्यस गाउँमा झण्डै २० हजार बराबरको कपडा वितरण गरेको हो ।

चिसो बढ्यो र त्यसको मारमा पर्ने भनेको विशेष गरी बालबालिका र जेष्ठ नागरिक हुन् । त्यसैले चिसोबाट सुरक्षित हुन् केही राहत होस भनेर विपन्न लबालिबालाई ज्याकेट टोपी लगायतका न्यानो कपडा वितरण गरिएको हातेमालो सेवा समाजका जिल्ला समयोजक टेक बहादुर रावतले बताए ।

जुम्लाका एघार सय बालबालिकालाई कपडा दिने लक्ष्य जुम्लाका १ हजार १ सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्ने योजना छ । जुम्लाका सात गाउँपालिका भित्र पर्ने विभिन्न ग्रमिण बस्तीका विपन्न बालबालिकालालाई बाक्लो जकेछ टोपी वितरण गर्ने योजना रहेको जिल्ला संयोजक टेक बहादुर रावतले बताए ।

यस न्यायो कपडा वितरण कार्यक्रम बाट कुनै विपन्न बालबालिका नछुटिनेमा उनले जोड दिए । यता सुडीका वडाध्यक्ष भक्तबहादुर रोकायाले संस्थाले गरेको सहयोग विपन्न बालबालिकाहरुलाई राहत पुगेको बताए । उनले भने जुम्लाको बढ्दो चिसोले यहाँका बालबालिका कष्टकर जीवन विताई रहेका थिए ।

न्यानो कपडा पाएपछि बालबालिका अब चिसोबाट बच्न सहज भयो उनले बताए । समुद्री सतह देखि झण्डै ३५ सय मिटर उचाईमा पर्ने ती दुई गाउँमा निकै जाडो हुने, हावा चल्ने गर्दछ ।

चिसोबाट बढि प्रभापवत हुने बालबालिकाको सुरक्षाका लागि वितरण गरिएको कपडाले यो दिउदको चिसो सजिलै छल्ले स्थानियले बताएका छन् । विपन्न बालबालिकाको लागि न्यायो कपडा वितरणका लागि झण्डै ५ लाख बढि रकम खर्च हुने अनुमान गरिएको छ ।