☰ open Loading... 17 May 2024|  

एक विद्यालय एक पोषण बगैंचा
  | ८ माघ २०७४, सोमबार १८:१८

मुगु । यहाँका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारीसंगै पाेषणकाे स्थितिमा सुधार ल्याउन एक बिद्यालय एक पोषण बगैंचा कार्यक्रको शुरुवात गरिएको छ । नारी उत्थान तथा सचेतनाका केन्द्र मुगुले मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणका महत्वका बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रमको थालनी गरिएकाे हो ।

मुगुमा पोषको स्थिति नाजुक भएको र पोषणकै कारण अधिकासंकाले रोग पालेर बाँच्न बाध्य भईरहेका र कुपोषणको शिकार भएकाले यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउन देखिएकाले बिद्यालय पोषण बगैंचा कार्यक्रमको शुरुवाती गरिएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष एवंम ग्रामिण सेवा प्रदायक च्क्ए की जिल्ला संयोजक चेतना शाहीले बताए ।

बिद्यालयका शिक्षक बिद्याथी मार्फत समाजमा पोषका बारेमा सुसुचित गर्न सजिलो हुने र स्थानियले पोषको महत्व सजिलै बुझने भएकाले पनी पहिलो प्रथामिकताका साथ अन्य माध्यामभन्दा बिद्यालय लाई रोजेको र बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवाती संगै कामकोपनी थालनि गरीएको संयोजक शाहीको भनाई छ ।

यो कार्यक्रम अहिले नगरपालीका भित्रका ७ वटा बिद्यालयमा लागु भएको र जिल्ला भित्रका अन्य बिद्यालयमा पनी लागु गरीने बताईएको छ । यो कार्यक्रमलाई दिर्गकालीन र प्रभावकारी बनाउन बिद्यालयमा कृषि र पोषण सम्बन्धि एईच्छिक बिषयका रुपमा पढाई गराईने समेत जनाईएको छ । जसका लागी कार्यक्रम लागु भएका नगरपालिका भित्रका ७ वटा बिलालयका शिक्षक हरुलाई समेटी ११ सदस्यीय बिद्यालय पोषण बगैंचा संञ्जाल समेत गठन गरीएको छ ।