| ९ माघ २०७४, मंगलवार १८:०८
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालय विच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुवै विश्वविद्यालयका विद्यार्थी, फ्याकल्टी, बिशेषज्ञ अादनप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएकाे हाे ।
एमयू र शारदा विश्विवद्यालविच संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आयोजना गर्न पाउने उपकुलपतिका स्वकिय सचिव दिलिपकुमार भट्टराइले जानकारी दिए ।
समझदारी पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शारदा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. बृषवन सिङ्ग पवारले हस्ताक्षर गरेका थिए ।