☰ open Loading... 24 November 2024|  

कपी पेस्ट कानूनले विकास हुदैन : कंडेल
  | ९ माघ २०७४, मंगलवार २१:०१

सुर्खेत । कपी पेस्ट गरिएको कानूनबाट स्थानीय तहको विकास अपेक्षा अनुसार नहुने नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्रदेशसभा सदस्य यामलाल कंडेलले बताएका छन । मंगलबार वीरेन्द्रनगरमा यु.ए.आईडीको आर्थिक सहयोग र गाउँपालिकाका महासंघ प्रदेश नम्बर ६ ले स्थानीय सरकार सञ्चालन लागि आवश्यक विषयगत कानून निर्माण सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन ।

स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी कानून बनाए मात्र सोच अनुसारको विकास हुने उनले बताए । ‘संघिय सरकार र प्रदेश सरकारको कानूनलाई नबाझिने गरी स्थानीय तहलाई कानून बनाउन पाउने संविधानमा व्यवस्था छ ।’ उनले भने ‘आ–आफ्नो स्थानबाट सिर्जनशिल ढङ्गले छलफल गरी आवश्यकता अनुसार कानून बनाउन आग्रह गरे ।

अब देखासिकि गरेर कानून बनाउदा प्रदेश र स्थानीय तहको हुदैन उनको भनाई छ । अब कानून बनाउदा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी कानून बनाउन उनले सुभाव समेत दिए ।

यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले प्रदेश नं. ६ भोक र सोकबाट गुजिएको प्रदेश भएकाले कानून बनाउदा जनताले सर्ब–सुलर्भ लाभ लिनसक्ने कानून बनाउन सुझाव दिए ।यसैगरी प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश नं. ६ लाई नमुना प्रदेश बनाउन गरी कानून बनाउन सुझाव दिए ।

तीन दिनसम्म सञ्चालनमा हुने कार्यशालामा गाउँपालिका सञ्चालनमा देखिएका चुनौती बारे बहस हुने गाउँपलिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसीले बताए । कार्यशालामा काँशीराज दाहाल, स्वास्थ्य विज्ञ डा. निर्मला शर्मा, शिक्षा तथा कानुन विज्ञ टीकाराज भट्टराई र कृषि विज्ञ कृष्ण पौडेलले प्रशिक्षण दिनेछन् ।