☰ open Loading... 26 November 2024|  

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ६ मा पनि मनोनयन दर्ता
  | १० माघ २०७४, बुधबार १५:१४

सुर्खेत । माघ २४ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सु्र्खेतमा रहेकाे प्रदेश नम्बर ६ काे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार वाम गठबन्धन र नेपाली काँग्रेसले मनोनयन दर्ता गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ६ बाट बाम गठबन्धनतर्फ एमालेबाट पाँच र माओवादीबाट ३ गरी ८ जनाले मनोनयन दर्ता गरेका छन् ।

यी मध्य एमालेले नरपति लोहार, नन्दा शर्मा (चपाई), कविता बोगटी, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरी तथा माओवादीबाट कालिबहादु मल्ल, जीवनबहादुर बुढा र युटोल तामाङले मनोनयन दर्ता गरेका छन् ।

तर नेपाली काँग्रेसले ८ जनामध्य ४ जनाको मात्रै मनोनयन दर्ता गरेको छ । काँग्रेसले राष्ट्रिय सभा सदस्यका लागि गोपालप्राद शर्मा, विष्णु शाही, सूर्यदेवी मल्ल र मित्रलाल सार्कीको मनोनयन दर्ता गरेको छ ।

निर्वाचनमा प्रदेश नम्बर ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्न पाउने निर्वाचन अधिकृत मेदिनिप्रसाद पौडेले जानकारी दिए ।

प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाका लागि ८ निर्वाचित हुनेछन् । जसमध्य ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ जना दलित चुनिने छन् ।