☰ open Loading... 3 May 2024|  

उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ
  | ११ माघ २०७४, बिहीबार १६:२६

काठमाडौं । उच्च अदालतका नवनियुक्त ४ जना मुख्य न्यायाधीशले विहीबार पद तथा गोपनीयतको शपथ लिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नवनियुक्त मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई शपथ गराएका हुन् ।

शपथ लगत्तै मुख्य न्यायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेतमा पदस्थापन गरिएको छ ।

यसअघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाई तथा बस्याल उच्च अदालत जनकपुर विरगंज र पोखरेल उच्च अदालत तुलसीपुर बुटवलको न्यायाधीश थिए ।

न्यायपरिषद्को पुस २० को बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधीश बनाएको हो ।