| १५ माघ २०७४, सोमबार २१:२८
सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले चिरान काठसहित एक जनालार्इ पक्राउ गरेकाे छ । विशेष सुराकीकाे अाधारमा वन कार्यालयकाे टाेलीले साेमबार वीरेन्द्रनगर- १० पिपिरास्थित नाैमुले फर्निचर उद्याेगमा काम गर्ने दलबहादुर तारामीलार्इ पक्राउ गरेकाे हाे ।
दैलेख नाैमुले गाउँपालिका- ५ स्थायी ठेगाना भएका फर्निचर उद्याेग सञ्चालक यामबहादुर तारामी भने फरार भएकाे जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।
तारामीकाे उद्याेगमा छापा मार्दा सालकाे १०७ थान चिरान काठ बरामद गरिएकाे विष्टले बताए ।
उनका अनुसार एक हप्तादेखी कार्यालयले तारामीकाे गतिविधि माथि विशेष निगरानी राखेकाे थियाे ।
तारामीकाे शंकास्पद गतिविधिका अाधारमा काठसहित रंगेहात पक्राउ गरिएकाे बताएका विष्टले यस विषयमा थप अनुसन्धान कार्य जारी रहेकाे उल्लेख गरे ।