☰ open Loading... 3 May 2024|  

संसदीय रिपोटिङ्गमा पत्रकारलाई अब्बल बन्न सुझाव
  | १६ माघ २०७४, मंगलवार १६:२३

सुर्खेत । संसदीय रिपोर्टिङ्गमा पत्रकारहरुलाई आफ्नो क्षमता निखार्न एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । देश संघीय संरचनामा रुपान्तरण भएसंगै संसदीय रिपोर्टिङ्ग कसरी गर्ने भन्ने सवालमा आफूहरुलाई तिखार्न सहभागीहरुले सुझाएका हुन् ।

क्रियाशील पत्रकार मञ्च नेपालले वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको संसदीय मामिला तथा स्थानीय सरकार सम्वन्धी रिपोर्टिङ्ग तालिमको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधि सभा सांसद ध्रुवकुमार शाहीले राज्यको चौथो अंग पत्रकारहरु अपग्रेड हुनु राम्रो भएका औंल्याए ।

उनले संसदीय मामिला र स्थानीय सरकारले गरेको गतिविधिहरु कसरी जनता समक्ष ल्याउने भन्ने सवालमा तालिमले पत्रकारहरुलाई मार्गदिशा देखाउनेमा विश्वास व्यक्त गरे । जनतालाई जागरुक गराउने सञ्चारकर्मीले संसद र स्थानीय सरकारले गरिरहेका कामहरुप्रति खवरदारी गर्न आग्रह शाहीले गरे ।

यस्तै, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, निमित्त कार्यकारी अधिकृत केशरसिंह डाँगी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, महासंघका निवर्तमान कोषाध्यक्ष सूर्यमणि गौतम लगायतले धारणा राखेका थिए । लेकवेशी नगरपालिकाको सहयोगमा आयोजना भएको तालिम दुई दिनसम्म सञ्चालन हुनेछ ।

तालिममा संसदीय मामिला पत्रकार समाज अध्यक्ष राजेन्द्र फूयालले प्रशिक्षण दिनेछन् । तालिममा सुर्खेतमा कार्यरत ३० जना विभिन्न मिडियामा आवद्ध क्रियाशील पत्रकारहरुको सहभागीता छ ।