☰ open Loading... 3 May 2024|  

गाउँमै पशुस्वास्थ्य शिविरले किसानलाई राहात
  | १६ माघ २०७४, मंगलवार १६:५०

सागर परियार, जुम्ला  । 

जुम्लामा रहेका झण्डै १८ हजार घरधुरीमा पशुपालनबाट कोहि पनि विमुख छैनन् । गाई, भैसी,भेडाबाख्रा,खच्चड र घोडी पालन लगायत अन्य पशुपालन व्यवसाय सबैले गरिररहेका छन् । जुम्लामा आहारको कमी भन्दा पनि प्राकृतिक प्रकोप र विभिन्न रोग लागेर पशुचौपाय मर्ने समस्या विद्यमान छ । स्थानिय सरकार आउनु पहिले पशुसेवा कार्यालयबाट प्रवाह हुने सेवा लक्षित वर्ग भन्दा हालीमुहाली गर्नेहरुको पोल्टोमा पर्ने प्रबृतिले समस्या थियो । तर अहिले स्थानिय सरकार आएपछि पनि स्पष्ट कार्यदिशा निति निर्देशन नभएको भन्दै कुनै प्रभावकारी काम भएका छैनन् ।

पशुचौपायको स्वास्थ्य चेकजाँच लगायत अन्य कुरा त परै जावस, गत वर्ष मात्रै चरचरे रोग लागेर जुम्लामा झण्डै १० हजार बढि भेडाबाख्राको  मृत्यु भयो, भेडाबाख्रा व्यवसायीहरुले राहातको माग गरेपनि पाउन सकेनन त्यस्तै २०७२ सालमा आएको प्राकृतिक प्रकोपले झण्डै १५ हजार बढि पशुचौपाय पाटनमै मरेको तथ्यांक छ । यस्तै विभिन्न समस्यालाई मध्यनजर गर्दै किसानहरुको राहातका लागि विकास परियोजनाले गएको आईतबार जुम्लाको कुडारीमा पशुस्वास्थ्य शिविर संचालन गरेको छ ।

कर्णालीमा अहिले सम्म पनि हिमपात नभएको कुनै बेला पशुचौपायमा कुनै रोगले संक्रमण नगारोस भन्ने ध्यले शिविर संचालन गरेको विकास परियोजना संयोजक दसरथ उपाध्यायले बताए । तिला गाउँपालिकाको सबै वडा समेटीने गरी शिविर संचालन गरिएको थियो । उनले भने, शिविरमा बढिमा १५ सय पशुचौपायको चेकजाँच गर्नेे  लक्ष्य राखिएपनि झण्डै पाँच हजार पशुचौपाय चेकजाँचका लागि ल्याएपछि किसानहरु धेरै जानकार भएको पाएको उनको भनाई छ ।

शिविरमा ४ हजार बढि भेडाबाख्रा, ४ सय बढि गाईगोेरु,१ सय २६ घोडाघोडी, ५४ भैसी र २२ खच्चडको चेकजाँच गएिको शिविरमा सग्लन डाक्टर रक्सन कर्मचार्याले बताए । उनका अनुसार अधिंकाश पशुलाई लुतोको सुई लगाइएको छ ।

भने, चरचरे रोग, पखला लागेको डोग्राउने लगायत अन्य समस्याकने औषधी निशुल्क वितरण गरिएको छ । बेला बेला पशुहरुको स्वास्थ्य चेकजाँचका लागि शिविर चलाउनु उत्तम हुने डाक्टर कर्मचार्याको भनाई छ ।  किसानको राहातका लागि विकास परियोजनाले प्रत्यक तीन÷तीन महिनाको अन्तरमा शिविर चलाउने छ । गाउँमै पशुस्वास्थ्य शिविर सयौ किसान लाई राहात तिला गाउँपालिका ३ निवासी भैर बुढाका १ सय ५० भेडाबाख्रा छन् । भेडाबाख्रापालन उनको पुर्खैली व्यवसाय हो ।

गाउँमै पशु स्वास्थ्य शिविर संचालन गरेपनि निकै राहात पुगेको उनको भनाई छ । अहिले पनि उनका भेडाबाख्रामा पातलो दिशा गर्ने रयाल चुवाउने समस्या छ । कति बेला के हुने हो भनी डर लागेको थियो । ठयाक्कै गाउँमानै विकास परियोजनाले पशुस्वास्थ्य शिविर चलाएपछि ढुंगा खोज्दा देवता भेटिए झै लागेको सुनाए ।

गत वर्ष चरचरे रोग लागेर झण्डै १ सय १६ भेडाबाख्रा पाटनमै मपरे, कुनै निकाय बाट राहात पाईएन, र त्यसबेला पशुस्वास्थ्य शिविर चलाएपनि गाउँका किसानका भेडाबाख्राले अबसर पाएनन जसका कारण सबै मरेको उनको गुनासो छ । त्यस घटनाबाट प्रत्यक किसानले झण्डै ३ देखि ५ लाखको हाराहारीमा नोक्सान व्यवहोेर्रनु पर्यो । तर यसरी गाउँमै डाक्टर सहितको टोली ल्याई पशुचौपाय चेकजाँच गरी निशुल्क औषधी दिने व्यवस्था गरेकोमा विकास परियोजनालाई कुडारीका एकसय बढि भेडापालन किसानले धन्यबाद दिएका छन् । गाउमै आफ्ना ५० बढि भेडा बाख्राको चेकजाँ गर्न पाए पछि कुडारीकै कल्या रावत मख्ख छन् ।

उनका २ सय भेडाबाख्रा थिए । तर गत वर्ष चरचरे रोग लागेर उपचार गराउन नपाई सबै मेर । आफुले मात्रै भण्डै ७ लाखको घाटा खाएको बताए । पछि कुनै समस्या नहोस भन्नका लागि शिविर चल्ने थाहो पाएपछि आएकोउनको भनाई छ । गाउँमानै शिविर चलेपछि तिला गाउँपालिकाका सयौ किसानलाई राहात महसुस भएको छ ।

जुम्लामा हुने पशुचौपायको समस्यालाई मध्यनजर गर्दै प्रत्यक तीन÷त्नि महिनामा जिल्ला भरीमा शिविर संचालन गर्ने विकास परियोजनाको योजना छ । तिलागाउँपालिका ३ कुडारीमा संचालन भएको शिविरमा खर्च भने, १० लाख बढिको आएको जनाएको छ । विकास परियोजना कृषि क्षेत्रको समृद्धीका लागि काम गर्नेपरियोजना हो । यूरोपियन युनियनको आर्थिक सहयोग तथा प्राईटिकल एक्सनको समन्वय र सेडा नेपाल जुम्ला द्धारा संचालित विकास परियोजना हो ।