☰ open Loading... 20 April 2024|  

दैलेखमा निलसागर, अध्यक्षमा भारती चयन
  | १६ माघ २०७४, मंगलवार १७:१३

दैलेख । असहाय, अशक्त र जेष्ठ नागरिकहरुका लागि काम गर्ने सामाजिक संस्था निलसागर असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखमा स्थापना भएको छ । २ वर्ष अघि नेपालगंजमा काम गरेको यो संस्था सुर्खेत हुँदै दैलेखसम्म सेवा विस्तार गरेको हो ।

दैलेखमा अध्यक्षमा गोविन्ददेव भारती अध्यक्षतामा निलसागरको नयाँ कार्यसमिति चयन गरिएको हो । दैलेख सदरमुकाममा भारतीको अध्यक्षतामा ११ सदस्यीय निलसागर असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखको कार्यसमिति गठन गरिएको हो ।

केन्द्रको उपाध्यक्षमा अविशेक अनुराग चयन भएका छन् । यस्तै सचिवमा तिर्थ भण्डारी, कोषाध्यक्षमा चन्द्रा बोहोरा, सहकोषाध्यक्षमा पुजा भण्डारीलाई चयन गरिएको छ । सदस्यहरुमा हिक्मत नेपाली, हेमराज अधिकारी, जिवन आचार्य, विनोद योगी, पृथ बयलकोटी र डम्बर तिरुवालाई चयन गरिएको छ ।

यस्तै भेलाले गोविन्द केसीको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा अमर सुनार, जित बहादुर त्यागी रहेका छन् ।

कार्यक्रममा असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्रका केन्द्रिय अध्यक्ष सरिता खनालले मुनाफा रहित रुपमा सेवा गर्नका लागि दैलेख जिल्लामा पनि शाखा विस्तार गरिएको बताइन् । दैलेखका अध्यक्ष गोविन्ददेव भारतीले जिल्लामा रहेका असहाय अशक्त एंव जेष्ठ नागरिकको सेवा गर्नका लागि संस्था दैलेखमा विस्तार गरिएको बताए ।

उनले सेवा नै धर्म हो भन्ने कुरालाई व्यवहारमा उतार्न सबै पक्ष संग सहकार्य गरि काम गर्ने बताए । दैलेखमा गरिएको भेलामा केन्द्रका उपाध्यक्ष अमन सुवेदी, लगाएतको सहभागिता रहेका थियो ।

यस्तै असहाय अशक्त एंव जेष्ठ नागरिक सेवा केन्द्र दैलेखमा नवनिर्वाचित पदाधिकारीहरुलाई रिपोर्टर्स क्लब नेपाल दैलेख शाखाले समेत अविर र दोसल्ला ओडाएर बधाई शुभकामनाज्ञापन गरेको छ ।