☰ open Loading... 26 April 2024|  

प्रदेशस्तरिय औद्योगिक महोत्सवको तयारी तिव्र
  | १६ माघ २०७४, मंगलवार १८:४६

सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नम्बर ६ को आयोजनामा सुर्खेतमा सञ्चालन हुन लागेको प्रदेशस्तरिय व्यापार तथा कृषि महोत्सवको तयारीमा तिव्रता दिएको छ । वीरेन्द्रनगरको खुलामञ्चमा माघ २६ गतेबाट शुरु हुन प्रदेशस्तरिय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको लागि आावश्यक तयारीको लागि तिव्रता दिएको आयोजकले जानकारी दिएको हो ।

महोत्सवस्थलमा तारवार र गेट निर्माणको कार्य जारी रहेको नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । महोत्सवलाई सफल पार्न सवै पक्षको साथ आवश्यक रहेकाले बजारमा उत्पन्न हल्लाका पछाडी नलाग्न आम नागरिकलाई उनले आग्रह गरे ।

प्रदेश समृद्धिकाे लागि महासंघले अाधारहरूकाे प्रचारप्रसार गर्न महाेत्सवकाे अायाेजना गरिएकाे शाहीले उल्लेख गरे । विगतमा के भएभन्दा पनि अव प्रदेशकाे विकासका लागि सवै पक्षले सकरात्मक साेच राख्न अावश्यक रहेकाे अाैंल्याए ।