☰ open Loading... 19 April 2024|  

गरिब महिलासँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
  | १७ माघ २०७४, बुधबार १७:३४

काठमाडौँ । छिमेकी देश भारत, भारतको पनि गोरखपुर । जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप भएको छ र सिंगो भारतको शासन व्यवस्थालाई कटाक्ष गरेको छ ।

गोरखपुरको भटहट गाउँको घटना हो यो । जहाँ गाउँका १३ जनालाई एकैपटक एड्स भएको छ र त्यसको कारण हो उनीहरुको घुस्याहा चरित्र । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजनालाई होइन, १३ जनालाई एड्स भइसकेको छ । त्यतिमात्र होइन भारतमा सुशासन सुध्रियो, गरिबको दिन आयो भनेर मोदी सरकारले लगाउने नारामै मोसो दलिएको छ ।

‘काम त हुन्छ तर सुत्नुपर्छ’
६ वर्षअघि भटहट गाउँमा २४ वर्षीया महिला नयाँ दुलही बनेर आइन् । मुम्बईमा रहन्थे पति । कारखाना मजदुर थिए । तीनवर्षमै उनको निधन भयो । बिरामी भइरहन्थे, मरे । गरिबको मृत्युको कहाँ हिसाब राखिन्छ र ? पति मरे, बालबच्चा पनि भएन । अब गाउँमा सहयोग गर्ने पनि कोही भएनन् । रासन कार्ड र विधवा भत्ताका लागि महिला धाउन थालिन् ।

सहुलियत कार्ड भए बाँच्न सकिन्थ्यो । गाउँकै एउटा जानकारसँग मदत मागिन् । उनले गाउँका प्रधानलाई भेट्टाए । प्रधानले सचिवलाई भेट्टाइ । सरकारी कार्यालयमा अरु बिचौलिया पनि हुन्छन् । सबैले काम हुन्छ भने र मागे थोरै घुस । एउटा विधवा गरिबसँग के हुन्छ र घुस दिन ? सबैले हाकाहाकी भने, ‘काम गर्ने भए हामीसँग सुत्न पर्छ ।’

मान्छे बाध्यतामा परेपछि बाँच्नलाई के गर्दैन ? उनले एउटै विकल्प त्यही देखिन् र सम्बन्ध राखिन् । र, गाउँका १३ जना जसलाई एड्स भएको छ, यी सबै तिनै हुन्, जसले रासन कार्ड र विधवा भत्ताका लागि यिनलाई शोषण गरिरहे ।

‘घुस त जे हुन्छ, त्यही दिने हो’
पहिले नै भनिएको थियो कि, मुम्बईमा रहने पति बिरामी भइरहन्थे, मरे । कसैले चासो दिएनन् । तर पतिले मर्नुअघि २७ वर्षीया पत्नीलाई छोराछोरी त दिन सकेनन् नै दिएका रहेछन् एड्स । तीन वर्षसम्म १३ समाजसेवीले विधवासँग सम्बन्ध बनाइरहे । उनीले पनि आफूसँग भएको ‘घुस’ दिइरहिन् । एक जना, दुई जना होइन, १३ जना खुशी थिए । तीन महिनाअघि उनी बिरामी परिन् ।

प्रधानलाई भनिन् । प्रधानले उपचार गराए । तर कम भएन बिरामी । डाक्टरकहाँ गएर रगत जचाइयो । र, प्रधानकै होस उड्यो । महिलालाई त एड्स रहेछ । उनीसँग सम्बन्ध राख्ने सबै आत्तिए ।

अर्को मेडिकल कलेजमा गएर दोस्रोपटक रगत जचाइयो, त्यहाँ पनि रिपोर्टमा एड्स देखियो । यसपछि घुस लिइरहेका १३ जनाले पालैपालो रगत जचाए, सबैलाई एड्स थियो । अर्थात् एउटा अबला नारीलाई शोषण गर्नेहरुले पनि घुस लिएको लुकाउनै मिलेन ।

गाउँभर हल्ला मच्चियो । जजसले महिलालाई शोषण गरेका थिए, सबैमा एड्स भेटियो । केही किलो अन्नका लागि १३ जनासँग सुत्नप¥यो महिलाले । यो घटनाले भारतमा घुसविना काम नै हुँदैन भन्ने पुष्टि गरेको छ ।

एउटा विधवा महिलाले रासन कार्ड र विधवा भत्ताका लागि कति घिनलाग्दा सरकारी अधिकारीसँग संगत गर्नुपर्छ भन्ने देखाएको छ । भारत भ्रष्टाचारमा कति लिप्त रहेछ भन्ने कुरा लुकेको छैन ।

र, जस्तो कर्म उस्तै फल भनिन्छ । अझ यही जन्ममा त्यस्तो फल मिलेको छ १३ घुसखोरलाई । महिलाले पनि पहिल्यै पतिको मृत्यु कसरी भयो भन्ने जान्नुपथ्र्यो, १३ जनासँग सम्बन्ध बनाउँदा सुरक्षाको साधन अपनाउनु पथ्र्यो, धन्न उनी गर्भवती भइनन् । जनतासमाचारबाट