☰ open Loading... 3 May 2024|  

एमयूमा इन्जिनियरिङ संकायको नयाँ कमिटी
  | १८ माघ २०७४, बिहीबार १८:२२

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको कमिटी गठन गरिएको छ । इन्जिनियरिङ संकालयको दोस्रो ईकाइ सम्मेलनले निर्मल विसीको अध्यक्षतामा नयाँ कार्यसमिति बिहिबार गठन गरेको हो ।


कमिटीको उपाध्यक्षमा किरण तिवारी, भोला शर्मा, विजय जिसी र खडानन्द तिवारी, सचिवमा शंकर सुवेदी सह-सचिवमा सञ्जु विसी, केपी शर्मा, विज्ञानराज कार्की र कोषाध्यक्षमा उर्मिला शाही सर्वसम्मत चयन भएकाे सदस्य सागर लम्सालले जानकारी दिए ।

अन्य सदस्यहरु पनि सर्वसम्मत चयन गरिएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अनेरास्ववियू सुर्खेतका नवनिर्वाचित अध्यक्ष धुपेन्द्र शाहीले अखिलले मात्रै विद्यार्थीहरुका हकहितमा काम गर्ने भन्दै यसमा लाग्न आग्रह गरे । तर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अखिलले सदैव विद्यार्थीहरूकाे हकहितमा लागि काम गरिरहेकाे लम्सालकाे भनाइ  छ ।